नेपाल राष्ट्र बैंकको नयाँ प्रवक्तामा गुरु प्रसाद पौडेल नियुक्त
१९ कात्तिक २०८२, काठमाडौं ।
नेपाल राष्ट्र बैंकमा नयाँ प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेलले पाएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई कात्तिक १८ देखि बैंकको प्रवक्ताका रूपमा तोकिएको छ।
आज कात्तिक १९ गतेदेखि लागू हुने गरी पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। उनी हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन्।
नेपाल राष्ट्र बैंकमा २०५८ सालदेखि बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायत विभिन्न विभागमा कार्य अनुभव भएका पौडेल हाल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन्।
बैंकका अधिकारीहरूका अनुसार, पौडेलको नियुक्तिसँगै बैंकको सञ्चार र जनसम्पर्क व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
For More:Guru Prasad Paudel NRB Spokesperson

