२५ वैशाख, काठमाडौं।
ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस (एसिएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ ।
यस सुविधापश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि acquire गर्न सक्नेछ र बैंकका अनलाइन मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
ल्याएको हो । यस पेमेन्ट गेटवले दुवै डोमेस्टिक र इन्टरनेसनल पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरूलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न सहज हुनेछ ।
साथै, यस पेमेन्ट गेटवले थ्रीडि सेक्युर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउँछ र अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ ।
अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरूले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरेपश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्ने हुनेछन् ।
ग्लोबल आइएमइ बैंकले ७७ जिल्लामा ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
एनसिएचएलले हाल १२ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई डोमेस्टिक र विभिन्न अन्तर्राष्ट्रिय कार्ड कारोवार गर्न, होस्टिंग, स्विचिंग र अनलाइन पेमेन्ट गेटवे लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवेमा सहभागितासँगै, नेपालमा डिजिटल भुक्तानीको दायरा अझ विस्तारित हुने अपेक्षा गरिएको छ ।
For more: Global IME Online Payment Gateway