ग्लोबल आइएमई बैंकलाई युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ को ‘बेस्ट बैंक अवार्ड’

Global IME Best Bank Award 2025
Share It On:

२० भदौ, काठमाडौं। 

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ।

सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागजिनले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी र टे«जरी तथा करेस्पोन्डेन्ट बैंकिङ्ग विभागका म्यानेजर शिशिर शाक्यलाई सो अवार्ड हस्तान्तरण गरेको हो।

सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित सम्मान हो। ग्लोबल आइएमई बैंकलाई ग्राहक सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा गरेको लगानी र उच्च कार्यसम्पादनका लागि यो अवार्ड दिइएको हो।

यो अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रोपटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ। यसअघि बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा पनि ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकले रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ, जसअन्तर्गत संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

For More:-Global IME Best Bank Award 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *