ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सव : सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम

Global IME Bank 18th Anniversary
Share It On:

१६ पौष ,काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरी वित्तीय साक्षरता र बैंकिङ्ग सचेतनाको महत्वलाई उजागर गरेको छ। बैंकले पौष १८ गतेदेखि १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्ने क्रममा यो कार्यक्रम आयोजना गरेको हो।

सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सातै प्रदेशका मुख्य शहरहरूमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्दै आम नागरिकमा बैंकिङ्ग सचेतना फैलाउने उद्देश्य राखेको छ।

काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समिति सदस्यहरू, उच्च व्यवस्थापन टोली र १५०० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वित्तीय साक्षरताका संदेश बोकेका प्लाकार्ड र व्यानरहरू सहित काठमाडौँका प्रमुख स्थानहरूको परिक्रमा गरेका थिए। यस्तै, उपत्यका बाहिरका प्रमुख शहरहरूमा पनि प्रभातफेरी आयोजना गरिएको थियो।

ग्लोबल आइएमई बैंकको सफल यात्रा

ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ। बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।

नेपालभर सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा परिचित, ग्लोबल आइएमई बैंकले हाल ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ बैदेशिक प्रतिनिधि कार्यालयमार्फत ११०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।

रेमिट्यान्स सेवामा विशेष योगदान

बैंकले देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपालीहरूको लागि पनि रेमिट्यान्स सेवा प्रदान गर्दै नेपालको वित्तीय प्रणालीलाई सुदृढ बनाएको छ। संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्यमा बैंक अग्रणी रहेको छ।

ग्लोबल आइएमई बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदै वित्तीय साक्षरता र बैंकिङ्ग सचेतनाको प्रवर्द्धनमा ठोस कदम चालेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू आयोजना गर्नाले बैंकले नागरिकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै गएको छ।

Global IME 18th Anniversary


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts