ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकारलाई, प्रेस ज्याकेट हस्तान्तरण
आईतबार, जेठ १८, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ।
आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरु हस्तान्तरण गर्नुभएको हो।
बैंकमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताउनुभयो।
Advertisement
उहाँले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गर्नुभयो। नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बैंकले प्रदान गरेको प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताउनुभयो।
उहाँले ज्याकेट सहयोगको लागि बैंकलाई धन्यबाद समेत ज्ञापन गर्नुभयो।
बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा महासंघका पदाधिकारीहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

