३ माघ ,काठमाडौं ।
यही १२ देखि १८ फागुन (२४ जनवरी देखि २ फेब्रुअरी) सम्म बिराटनगरमा हुन लागेको ‘बिराट एक्स्पो २०२५’ मा बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी कम्पनी जेनेस सलुशन पनि सहभागी हुने भएको छ।
Genese Solution Birat Expo 2025
उक्त एक्स्पोमा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयालले कोशी प्रदेशको आर्थिक तथा प्राविधिक समृद्धिको लागि “डिजिटल कोशी: परिकल्पना देखि यथार्थ सम्म” विषयमा प्रस्तुति दिने छन्।
उनले कोशी प्रदेशमा डिजिटल नवप्रवर्तनमा आफ्नो लामो अनुभवको आधारमा कोशी प्रदेशमा प्रशासन संयन्त्र तथा औद्योगिक क्षेत्रमा डिजिटल प्रविधिको रुपान्तरणकारी भूमिकाको बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने छन्।
उनले डिजिटल रुपान्तरणमा जाँदा व्यहोर्नु पर्ने चुनौती तथा अवसरहरु एवं यो परिकल्पना लाई यथार्थमा बदल्न लागू गर्न सकिने रणनीति तथा साझेदारी मोडेलहरुका बारेमा पनि प्रस्तुति दिने छन्।
उद्योग संगठन मोरङ्गद्वारा ‘ डिजिटल कोशी: ब्रिजिंग इनोभेशन एण्ड इन्भेस्टमेन्ट’ मूल नाराका साथ उक्त एक्स्पो डिग्री क्याम्पस बिराटनगरमा आयोजना हुँदैछ। कोशी प्रदेशका १४ जिल्लामा झन्डै ५० लाख जनता बसोबास गर्द छन्। बिराटनगर, इटहरि, धरान, बिर्तामोड तथा दमक कोशी प्रदेशका प्रमुख शहरी/ नगर क्षेत्रहरु हुन्।
नेपालकै पुरानो औद्योगिक क्षेत्र रहेको कोशी प्रदेशलाई सूचना तथा प्रविधिमा आधारित ‘ज्ञान अर्थतन्त्र’ तर्फ डो-याउने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएका छन्।
जेनेस सलुशन सूचना प्रविधि सम्बन्धी गुणात्मक सेवा प्रदायक परामर्शदाता कम्पनी (value IT consulting firm) हो। युकेमा मुख्यालय रहेको जेनेस सलुशनले व्यवसायहरुलाई सूचना प्रविधि सम्बन्धी परामर्श दिनुका साथै रुपान्तरणकारी ‘डिजिटल इकोसिस्टम’ तयार गरेर तिनका प्राविधिक लक्ष प्राप्त गर्न पनि सघाउँछ।
जेनेस सलुशनको नेपाल, बंगलादेश, फिनल्याण्ड, अमेरिका, नाइजेरिया लगायत १० ओटा मुलुकहरुमा कार्यालय छन्।
For More:-Genese Solution Birat Expo 2025