जेनजी आन्दोलनको आह्वान- घुसपैठ भयो, सुरक्षित घर फर्कौं

Share It On:

२३ भदौ, काठमाडौं।

जेनजी  नेपालले आन्दोलनमा घुसपैठ भएको भन्दै सबै प्रदर्शनकारीलाई घर फर्कन आह्वान गरेको छ।

आन्दोलनका सहभागी प्रदीप नेपालका अनुसार, “Zen Z नेपाल” नामक इन्स्टाग्राम अकाउन्टमार्फत सोमबार एक सूचना जारी गर्दै घर फर्कन अनुरोध गरिएको हो।

प्रदीप नेपालले भने, “घुसपैठ भयो। हामीले सबैलाई फर्कन भनिसकेका छौं।”

सोमबार बिहान करिब ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए। तर, बानेश्वर पुगेपछि प्रदर्शन उग्र बनेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।

यस क्रममा बानेश्वरस्थित संसद भवन परिसरमा समेत प्रदर्शनकारीहरू प्रवेश गरेका थिए। तर, सुरक्षाकर्मीहरूले तत्काल उनीहरूलाई बाहिर निकालेका थिए।

Gen Z Movement Return Home


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *