१० असार, काठमाडौं।
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई शिक्षा, स्वास्थ्य, र उपभोग्य वस्तु तथा सेवामा विशेष छुट प्रदान गर्न विभिन्न व्यवसायिक संस्थासँग समन्वय गरेको छ।
ग्राहकहरूले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, र मोबाइल बैंकिङ्ग प्रयोग गरी Mentorlabedx को कोडिङ र AI कोर्समा ६० प्रतिशतसम्म, पेडल साईकल हाउसमा १५ प्रतिशतसम्म, र एनजी मार्केटमा १० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास लिएको छ।
सम्झौता पश्चात गरिमा विकास बैंकको डेविटकार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
विकास बैंकका ग्राहकहरुले युएसएमा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार Mentorlabedx ले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् ।
Mentorlabedx ले बालबालिकाहरुलाई Coding र AI (Artificial Intelligence) बुझ्न विशेष मद्दत गर्ने गर्दछ। यसैगरी विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड,क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गप्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमालाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखाकार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदानगर्दै आईरहेको छ ।