गरिमा विकास बैंकलाई ‘द वेष्ट बैंक’ अवार्ड

Garima Bikas Bank Award 2082
Share It On:

१६ भदौ, काठमाडौं। 

गरिमा विकास बैंक लिमिटेडले भारतको नयाँदिल्लीमा आयोजित एक समारोहमा दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्स’ प्राप्त गरेको छ। यो अवार्ड इण्डियन चेम्बर अफ कमर्सले प्रदान गरेको हो।

अगस्ट २९, २०२५ मा सम्पन्न तेस्रो ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्स’ कार्यक्रममा गरिमा विकास बैंकलाई ‘द वेष्ट बैंक / बेष्ट एआई/एमएल इम्प्लिमेन्टेसन’ विधामा उत्कृष्ट घोषित गरिएको हो। साथै, बैंकले ‘बेष्ट एमएसएमई एक्सेलेरेसन’ विधामा पनि ‘रनर्-अप’ को अवार्ड जितेको छ।

नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको यस कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए।

बैंकले यसअघि सन् २०२४ मा आयोजित दोस्रो ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्स’ मा पनि ‘बेष्ट एसेट्स म्यानेजमेन्ट’ विधामा ‘रनर्-अप’ को अवार्ड प्राप्त गरेको थियो।

यस सम्मानले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप प्रोत्साहन मिलेको बैंकले जनाएको छ।

For more: Garima Bikas Bank Awards 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *