२० साउन, काठमाडौं।
सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२% सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो मल्टी-बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ—ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर तपाईंको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली सहयोग गर्ने कम्पनीले जनाएको छ।
स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभवलाई ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले स्मार्टफोनलाई थप उपयोगी बनाउँछ। यसले फिटनेस, संगीत तथा कार्यक्षमतामा नयाँ स्तर प्रदान गर्ने विश्वास गरिएको छ।
नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा ग्यालेक्सी वाच र बड्समा आकर्षक छुट प्राप्त गर्न सकिन्छ। यो अफर प्राप्त गर्नका लागि ग्राहकले सर्वप्रथम ग्राहकहरूले सामसङको वेबसाइट samsungcampaigns.com मा गई आफ्नो नजिकको रिटेलर छान्नुपर्छ। त्यसपछि, अनलाइन दर्ता गरी रु. २,००० को अग्रिम रकम भुक्तानी गर्नुपर्नेछ।
भुक्तानी पश्चात् प्रमाणीकरणका लागि एउटा ओटिपी प्राप्त हुनेछ, जुन ओटिपी लिएर सात दिनभित्र नजिकको रिटेलरमा गई अफरको लाभ लिन सकिनेछ।
यो अफर ग्यालेक्सी जेड फोल्ड६, जेड फ्लिप६, एस२५ अल्ट्रा, एस२५, एस२४ अल्ट्रा २५६ जीबी, एस२४एफइ, ए५६, ए३६, ए२६, ए१६, एम३६, र एम१६ जस्ता विभिन्न ग्यालेक्सी स्मार्टफोन मोडलहरूको खरिदमा उपलब्ध छ।
यसका साथै, ग्यालेक्सी वाच ८ क्लासिक, वाच ८ (४४ एमएम र ४० एमएम), वाच ७ (४४ एमएम र ४० एमएम), वाच ६ क्लासिक, वाच ६, वाच एफइ, बड्स३ प्रो, बड्स३, र बड्स कोर जस्ता वेरेबलहरूमा १७% देखि ३२% सम्मको विशेष छुट दिइएको छ।
उदाहरणका लागि, वाच ८ क्लासिकमा रु. १५,००० (२०%), वाच ६ क्लासिकमा रु. १३,००० (२०%) र बड्स कोरमा रु. २,४०० (३२%) सम्मको छुट प्राप्त गर्न सकिन्छ। यो सीमित अवधिको अफर नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य हुनेछ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्।
For more: Galaxy Buds and Watch Discount Nepal