८ वैशाख, काठमाडौं।
सुदूरपश्चिम विश्वविद्यालय द्वारा सम्बन्धन प्राप्त कलेजहरूको राष्ट्रिय भेला वैशाख ६ गते, शनिबार अल्कोभ रेस्टुरेन्ट, मीनभवन, नयाँ बानेश्वर, काठमाडौं मा सम्पन्न भयो । उक्त राष्ट्रिय भेलाबाट लक्ष्मण पोख्रेलको अध्यक्षतामा १३ सदस्य कार्यकारी समिती रहने गरी सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन नेपाल (FWUCAN) को औपचारिक गठन गरिएको छ ।
FWUCAN ३२ वटा सम्बन्धन प्राप्त क्याम्पसहरुको साझा संस्था हुनेछ ।
नवगठिन एसोसिएसनको उपाध्यक्षमा राजन सापकोटा, महासचिवमा भुवन चक्र जोशी, सचिवमा शंकर प्रशाद शर्मा र कोषाध्यक्षमा रामकृष्ण दंगाल चयन भएका छन् । यस संस्थाले विश्वविद्यालयसँग सम्बन्धित ३२ वटा निजी क्याम्पसहरूको प्रतिनिधित्व गर्नेछ ।
अध्यक्ष पोख्रेल का अनुसार FWUCAN ले सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा संचालित क्याम्पसहरू तथा सो क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर, व्यावसायिक अवसर, अनुसन्धान र हकहितको सुरक्षाका लागि विश्वविद्यालय, सरकारी, गैर सरकारी निकायहरु, मन्त्रालयहरू, विभागहरू तथा अन्य एजेन्सीहरूसँग सकारात्मक समन्वय गर्नेछ ।
महेन्द्नगर कंचनपुरमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालय बि.स. २०६७ सालमा नेपाल सरकारको पूर्ण स्वमित्वमा राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापना गरिएको हो।
विश्वविद्यालय शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, सामुदायिक संलग्नता र साझेदारीको सन्दर्भमा देशको एक प्रमुख शैक्षिक संस्थाको रूपमा सन्चलित हुँदै आइरहेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयले व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि, सामाजिक शास्त्र, मानविकी, सूचना प्रविधि लगायत विभिन्न संकायमा स्नातकदेखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सुदूरपश्चिम विश्वविद्यालयका १५ आङ्गिक क्याम्पसहरू र ३२ वटा निजी सम्बन्धन प्राप्त क्याम्पसहरूलाई छन् ।
विद्यार्थी संख्याको हिसाबले सुदूरपश्चिम विश्वविद्यालय नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो। FWUCAN को गठनपछि विश्वविद्यालय र सम्बन्धित क्याम्पसहरूबीच समन्वय बढ्ने, शिक्षा तथा अनुसन्धानको गुणस्तर सुधार हुने अपेक्षा गरिएको बताइएको छ ।
FWUCAN अन्तर्गतका निजी सम्बन्धन प्राप्त क्याम्पसहरू :
आदिम नेशनल कलेज, चाबहिल, काठमाडौं
हिमालय कलेज, कोटेश्वर, काठमाडौं
महर्षि कलेज, नयाँ बानेश्वर, काठमाडौं
रिलायबल कलेज, मिनभवन, काठमाडौं
शिक्षालय कलेज, लोकन्थली, भक्तपुर
काठमाडौँ वर्ल्ड स्कूल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, सूर्यविनायक, भक्तपुर
मेगा कलेज, कुमारिपाटी, ललितपुर
एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (AITM), सातदोबाटो, ललितपुर
डीएभी कलेज, जावलाखेल, ललितपुर
बर्दिबास न्यू होराइजन कलेज, बर्दिबास, महोत्तरी
एपेक्स म्यानेजमेन्ट कलेज, वीरगञ्ज, पर्सा
डेसिमल पब्लिक कलेज, वीरगञ्ज, पर्सा
प्रणिता कलेज अफ म्यानेजमेन्ट, मिर्चैया, सिराहा
इन्स्टिच्युट अफ भिजन म्यानेजमेन्ट कलेज, लहान, सिराहा
मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी, जनकपुर, धनुषा
ड्रिम्स कलेज, भरतपुर, चितवन
ग्यानसुधा टेक्निकल कलेज, रत्ननगर, चितवन
जीएसटी कलेज, रत्ननगर, चितवन
पश्चिमाञ्चल एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, गैडाकोट, नवलपरासी
गण्डकी एजुकेशन फाउन्डेशन, पोखरा, कास्की
गण्डकी कलेज अफ साइन्स, म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, पोखरा, कास्की
राघवेन्द्र गौरव बहुमुखी क्याम्पस, कृष्णनगर, कपिलवस्तु
ग्यान ज्योति कलेज, तुलसीपुर, दाङ
भेरी कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, नेपालगञ्ज, बाँके
सगुन कलेज अफ म्यानेजमेन्ट, नेपालगञ्ज, बाँके
टेक्निकल रिसर्च फर ट्रेनिङ इन्स्टिच्युट, नेपालगञ्ज, बाँके
पश्चिम कलेज अफ बिजनेस स्टडिज, कोहलपुर, बाँके
केस्टोन म्यानेजमेन्ट कलेज, कोहलपुर, बाँके
गेरुवा बहुमुखी क्याम्पस, गेरुवा, बर्दिया
सिद्धपाइला क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत
पश्चिम कलेज एण्ड रिसर्च सेन्टर, वीरेन्द्रनगर, सुर्खेत
क्याम्ब्रिज बिजनेस कलेज, वीरेन्द्रनगर, सुर्खेत