६६ औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट सेवा
१९ साउन, काठमाडौं।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले आफ्नो ६६ औँ वार्षिकोत्सवको अवसरमा महिला स्वास्थ्य सम्बन्धी सेवाहरूमा विशेष छुटको घोषणा गरेको थियो।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार, आज ओपीडी टिकट निःशुल्क र पाठेघरको मुखको क्यान्सरको जोखिम पत्ता लगाउन गरिने एच पि भी (HPV) डीएनए परीक्षणमा ५० प्रतिशत छुट गरिएको थियो।
कुपण्डोलस्थित नयाँ ओपीडी भवनबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सेवा लिन आउने स्त्रीरोग (गाइनोकोलोजी) सम्बन्धी बिरामीहरूलाई कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको थियो।
अस्पतालले महिला स्वास्थ्यको पहुँच र जनचेतनामा योगदान पुर्याउने उद्देश्यले छुट सेवा सञ्चालनमा ल्याएको जनाएको छ। वार्षिकोत्सवको अवसरमा प्रदान गरिएका यस्ता सुविधाले महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।
For More:-Free OPD at Maternity Hospital