Wi-Fi नेपालको नयाँ वर्ष अफर: १५० Mbps इन्टरनेटसँगै सित्तैमा हेलमेट वा ३ महिना बोनस!
१६ पुस २०८२, काठमाडौं ।
नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएका तथा विश्वासिलो इन्टरनेट सेवा प्रदायकमध्ये एक Wi-Fi नेपालले नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष मूल्य र सुविधासहितको नयाँ वर्ष कम्बो अफर सार्वजनिक गरेको छ।
उच्च गतिको इन्टरनेट, डिजिटल भुक्तानीको सहजता र थप उपहार विशेष मूल्य सुविधासहितको नयाँ वर्ष कम्बो अफर ‘१५० Mbps इन्टरनेट, खल्तीबाट भुक्तानीमा सित्तैमा KPI हेल्मेट’।
यस सीमित अवधिको नयाँ वर्ष अभियान अन्तर्गत १५० Mbps इन्टरनेट प्याकेज १२ महिनाका लागि जडान गर्दा ग्राहकहरूले रु. १०,६८० (भ्याट सहित) मा सेवा प्राप्त गर्न सक्नेछन्, जसमा कुनै पनि जडान वा सेटअप शुल्क लाग्ने छैन।
यस अफरअन्तर्गत खल्ती मार्फत भुक्तानी गर्ने ग्राहकहरूले सित्तैमा KPI हेल्मेट प्राप्त गर्नेछन्, जसले इन्टरनेट सेवासँगै सडक सुरक्षालाई पनि प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ। हेल्मेट नलिन चाहने ग्राहकहरूका लागि ३ महिनाको बोनस इन्टरनेट सेवा पनि उपलब्ध गराइएको छ।
ग्राहकहरूलाई अझ द्रुत, स्थिर र भरपर्दो इन्टरनेट अनुभव प्रदान गर्न यस प्याकेजसँगै सितैमा Nokia 5GHz राउटर पनि प्रदान गरिनेछ, जसले घरभित्र राम्रो कभरेज र उच्च प्रदर्शन सुनिश्चित गर्दछ।
यस अभियानमा KPI Helmets (Made in Nepal) सँगको सहकार्यले स्वदेशी उत्पादनको समर्थन गर्दै सुरक्षित सवारी संस्कृतिको सन्देश पनि प्रवाह गरेको छ।
“नयाँ वर्षको अवसरमा हामीले केवल गतिको मात्र होइन, सस्तो मूल्यमा कम्बो अफर ल्याएका हौं” Wi-Fi नेपालका एक प्रतिनिधिले भने। “उच्च गतिको इन्टरनेट, खल्तीमार्फत सुरक्षित डिजिटल भुक्तानी र सुरक्षालाई प्राथमिकता दिने उपहारमार्फत हामी आधुनिक नेपाली घरपरिवारका आवश्यकतालाई ध्यानमा राख्दै सेवा प्रदान गर्न प्रतिबद्ध छौं।”
यो नयाँ वर्ष कम्बो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र नियमअनुसार सर्तहरू लागु हुनेछन्।
Wi-Fi नेपाल – स्पिड पनि, सस्तो पनि
For more: FREE Helmet on Wi-Fi Nepal



