९ असार, काठमाडौं ।
नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
Foton Tunland G7 Nepal Launch
पुलचोकस्थित ‘द प्लाजा’ मा आयोजित विशेष कार्यक्रममा टुनल्यान्ड G7 को भव्य सार्वजनिक उद्घाटन गरिएको हो।
यसअघि टुनल्यान्ड G7 ले २३ दिनमा विश्वका ८ अग्ला र कठिन भूभागहरू पार गर्दै इतिहास रचिसकेको थियो। १५,००० किलोमिटरको अफ–रोड परीक्षणपछि नेपाल आएको यो पिकअप गाडी शक्तिशाली डिजाइन, प्राविधिक नवप्रवर्तन र नेपाली भूगोलअनुकूल क्षमताका कारण सबैको ध्यान तानेको छ।
उद्घाटन कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, फोटोनका अन्तर्राष्ट्रिय प्रमुखहरू लगायत अन्य उच्च अधिकारीहरूको सहभागिता थियो।
कार्यक्रममा विवेक सिकारियाले भने, “हामीले पछिल्लो पाँच वर्षमा नेपालमा १५०० भन्दा बढी फोटोन गाडी बिक्री गरेका छौं। आज टुनल्यान्ड G7 को आगमनसँगै त्यो यात्रा अझ सशक्त बन्दै गएको छ।” उनले गाडीको २०% कम मर्मत खर्च तथा विश्वसनीय सेवा सञ्जाललाई पनि जोड दिए।
टुनल्यान्ड G7 मा २.० लिटर डिजेल इञ्जिन, १६०HP पावर, ३९०Nm टर्क, २२५mm ग्राउन्ड क्लियरेन्स, हिल होल्ड र हिल डिसेण्ट कन्ट्रोल, १०.२५ इन्च इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक सिटहरू लगायतका प्रिमियम सुविधाहरू छन्।
फोटोन टुनल्यान्ड G7 तीन फरक संस्करणमा उपलब्ध छ – एलिट (५१.९९ लाख), लक्जरी (६५.४० लाख) र फ्ल्यागशिप (६९.९९ लाख)। यसले साना व्यवसायी, साहसी यात्रु, र अफ–रोड पारखीहरू सबैका लागि उपयुक्त विकल्प प्रस्तुत गर्छ।
फोटोनले नेपालका हिमाली चुनौतीहरूलाई आत्मसात गर्दै, टुनल्यान्ड G7 लाई “बिल्ट फर हिमालय” भनेर ब्रान्डिङ गरेको छ। अब यो पिकअप केवल यात्राको साधन नभएर, नेपाली साहस र संकल्पको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
एमएडब्लू वृद्धि कमर्सियलको बारेमा
नेपालको व्यावसायिक सवारी साधन क्षेत्रका प्रमुख खेलाडीहरूमध्ये एक, एमएडब्लू वृद्धि कमर्सियल भेइकल प्रा.लि.ले बलियो, भरपर्दो र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ।
नेपालका लागि फोटोन सवारी साधनको आधिकारिक वितरकको रूपमा यसले विश्वस्तरको प्रविधि र इन्जिनियरिङ ल्याएर नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ।
ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा विशेष ध्यान दिँदै एमएडब्लू वृद्धिले नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनको गति अघि बढाइरहेको छ।
For More:-Foton Tunland G7 Nepal Launch