फोटोन मोटर्स नेपालद्वारा धनगढीमा ग्राहक भेटघाट: क्षेत्रीय ग्राहकसँगको सम्बन्ध र विश्वास सुदृढ बनाउँदै
२२ माघ, काठमाडौँ।
फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै “Strengthening Customer Trust Through Direct Engagement” भन्ने मूल नारासहितको ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ।
फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयासअनुरुप कार्यक्रम आयोजना गरिएको थियो।
यस ग्राहक भेटघाटको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फर्स्ट’ दृष्टिकोणलाई अझ मजबुत बनाउनु रहेको थियो। कार्यक्रममा विश्वास निर्माण, ग्राहक अनुभव बुझ्ने, फिडब्याक संकलन गर्ने तथा नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्ने विषयमा विशेष ध्यान दिइएको थियो।
‘धनगढी कस्टमर मीट’ले ग्राहकहरूलाई फोटोन टिमसँग प्रत्यक्ष संवाद गर्न खुला मञ्च प्रदान गरेको थियो। ग्राहकहरूले गाडीको प्रदर्शन, सर्भिस सपोर्ट र दैनिक सञ्चालनसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरेका थिए भने ब्रान्डसँगका आफ्ना भावी अपेक्षाहरूबारे छलफल पनि गरेका थिए।
यी अन्तरक्रियाहरूले फोटोनलाई क्षेत्रीय सञ्चालन अवस्था र ग्राहक आवश्यकताबारे महत्वपूर्ण जानकारी प्राप्त गर्न सहयोग पुर्याएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फोटोनका विभिन्न सवारीसाधनहरूप्रदर्शन गरिएको थियो, जसमा टुनल्यान्ड G7, माउन्टेन ईभी, लो रूफ भ्यान र सोकोन ईभी भ्यान समावेश थिए।
यस प्रदर्शनमार्फत ग्राहकहरूले फोटोनका व्यावसायिक तथा विद्युतीय सवारीसाधनहरूलाई नजिकबाट अवलोकन गर्दै नेपालका बदलिँदा मोबिलिटी आवश्यकताहरूलाई कसरी सम्बोधन गरिएको छ भन्ने जानकारी लिने मौका पाएका थिए।
भेटघाटका क्रममा फोटोनले दीर्घकालीन विश्वास निर्माणमा प्रत्यक्ष ग्राहक संवादको भूमिकालाई जोड दिएको थियो। ब्रान्डले वास्तविक प्रयोगबाट प्राप्त प्रतिक्रियालाई सुन्ने र त्यसका आधारमा स्वामित्व अनुभव सुधार गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्यायो। साथै, फोटोनले बिक्रीमा मात्र केन्द्रित नभई नेपालकै लागि विशेष रूपले तयार व्यावसायिक मोबिलिटी सोलुसन्स र दीर्घकालीन साझेदारी निर्माण गर्ने आफ्नो दृष्टिकोण पनि स्पष्ट गर्यो।
फोटोनको १५३ भन्दा बढी स्थानमा रहेको चार्जिङ नेटवर्क र धनगढी क्षेत्रमा विस्तार भइरहेको चार्जिङ पूर्वाधारबारे पनि जानकारी दिइएको थियो।
यस ग्राहक भेटघाटमार्फत फोटोनले धनगढीका ग्राहकहरूसँग पारदर्शी संवाद, भरपर्दो सहयोग र दीर्घकालीन साझेदारीप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै ब्रान्ड र यसको सेवा संयन्त्रप्रतिको विश्वास अझ सुदृढ बनाएको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. को बारेमा:
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. नेपालमा फोटोन सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनी नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै सुदृढ आफ्टर–सेल्स सर्भिस, विस्तार हुँदै गएको सर्भिस नेटवर्क र बढ्दो चार्जिङ पूर्वाधारको साथमा भरपर्दो व्यावसायिक मोबिलिटी सोलुसन्स उपलब्ध गराउन प्रतिबद्ध छ।
For more: Foton Regional Customer Meets in Dhangadi



