नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधनले स्तब्ध

Former Vice President of CNI passes
Share It On:

५ कात्तिक, काठमाडौं ।

नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधनले स्तब्ध बनाएको छ । मिश्रको ७० वर्षको उमेरमा आज विहान निधन भएको परिवारले जनाएको छ । चार दशक बढी समयदेखि नेपालको पर्यटन उद्योगमा सक्रिय मिश्रको निधनले नेपालको पर्यटन उद्योगले एक कर्मठ, निष्ठावान तथा अभिभावक गुमाएको छ ।

नेपालको पर्यटन उद्योगका विषयमा सधै चिन्ता र चासो राख्ने मिश्रले विदेशी पर्यटक नेपाल भित्र्याउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ । टेम्पल टाइगर ग्रुप एण्ड कम्पनीका संस्थापक मिश्र सन् २०१३ देखि सन् २०१६ सम्म परिसंघको उपाध्यक्ष हुनुभएको थियो ।

स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा परिसंघ गहिरो समवेदना अर्पण गर्दछ ।

For more: Former Vice President of CNI passes away

 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *