३० असार, काठमाडौं ।
नेपालको पहिलो खाना डेलिभरी सेवा प्रदायक कम्पनी फुडमाण्डु ले ‘लाइफ अझै बेटर’ बनाउने अभियान अन्तर्गत ग्राहकहरूको जीवनलाई अझ सहज र सुखद बनाउन प्रतिबद्धता दोहोर्याएको छ। सन् २०१० देखि सेवा प्रदान गरिरहेको फुडमाण्डुले गुणस्तरीय र छिटो सेवा मार्फत हजारौं ग्राहकहरूको रोजाइ बन्दै आएको छ।
फुडमाण्डुका अनुसार कम्पनीले केवल खाना डेलिभरी सेवा मात्रै होइन, ग्राहकहरूको दैनिक जीवनलाई सजिलो, सुविधाजनक र रमाइलो बनाउन योगदान दिँदै आएको छ। कम्पनीकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, “विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौं। हामीले डेलिभर गर्ने खाना केवल परिकार हैन, त्यो खुशी, सुविधा र आत्मीयता पनि हो।”
उनका अनुसार व्यस्त कार्यदिवसको दिउँसोदेखि लिएर सप्ताहन्तका जमघटहरूसम्म फुडमाण्डुले ग्राहकहरूको आवश्यकतालाई सधैँ प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेको छ।
हाल फुडमाण्डु काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घर–घरमा खाना डेलिभर गरिरहेको छ। कम्पनीले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरेको छ भने ‘वनमार्ट’ सेवा अन्तर्गत खाद्यान्न, ग्रोसरी लगायतका दैनिक उपभोग्य सामग्रीहरू पनि तुरुन्तै घरमै डेलिभरी गर्ने सुविधा दिइरहेको छ।
फुडमाण्डुका अनुसार कम्पनीको लक्ष्य आगामी दिनहरूमा अझ बढी सहरमा सेवा विस्तार गर्नुका साथै प्राविधिक रूपमा पनि थप नविनता ल्याएर ग्राहक अनुभवलाई अझ सशक्त बनाउनु रहेको छ।
For more: Foodmandu Life Ajhai Better