फुडमाण्डुको १४ औं वार्षिकोत्सवमा फुडमाण्डु वानमार्टको शुभारम्भ

Foodmandu Grocery Delivery Services
Share It On:

२६ कात्तिक, काठमाडौं ।

नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘फुडमाण्डु वानमार्ट’ सार्वजनिक गरेको छ। सन् २०१० मा स्थापना भएको फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेदेखि नै ग्राहकलाई मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ।

Foodmandu Grocery Delivery Service

कम्पनी हाल काठमाडौं, पोखरा र चितवनमा पूर्ण रूपमा स्थापित भइसकेको छ।

फुडमाण्डु वानमार्टको शुभारम्भसँगै अब ग्राहकहरूले ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै पाउने सुविधा पाउनेछन्। ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय सामानहरूको तुरुन्त र भरपर्दो डेलिभरी सेवाको फाइदा लिन सक्नेछन्।

हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्रका महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी क्षेत्रहरूमा उपलब्ध छ। कम्पनीले छिट्टै यो सेवा काठमाडौं उपत्यकाभर विस्तार गर्ने योजना बनाएको छ।

फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमाण्डु वानमार्टको उद्घाटन अवसरमा भने, “फुडमाण्डुले ग्राहकको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको छ। फुडमाण्डु वानमार्टमार्फत् ग्राहकलाई दैनिक आवश्यक वस्तुहरूको खरिद पनि मनपर्ने खाना अर्डर गरेजस्तै सजिलो बनाउने हाम्रो प्रयास हो।”

फुडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सवलाई विशेष बनाउँदै ‘फ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेन सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूलाई ७०% सम्मको विशेष छुट उपलब्ध हुनेछ।

यस क्याम्पेनमा फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज – फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध गराइनेछ।

फुडमाण्डुले १४ वर्षको अद्भुत यात्रा मनाउँदै ग्राहकप्रतिको आभार व्यक्त गर्न यी अफरहरू उपलब्ध गराएको हो। आगामी दिनमा पनि फुडमाण्डु ग्राहक सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक–केन्द्रित अभियानहरू अघि बढाउन प्रतिबद्ध छ।

For more: Foodmandu Grocery Delivery Service


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *