महासंघको ६० औं साधारण सभा र निर्वाचन आगामी वैशाख २१ र २२ गते हुने
२७ चैत, काठमाडौँ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति तय भएको छ। उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण रोकिएको निर्वाचन प्रक्रियालाई महासंघले नयाँ तालिका अनुसार अगाडि बढाउने निर्णय गरेको हो।
निर्वाचनको नयाँ मिति यसअघि चैत २९ र ३० गतेका लागि तय भएको साधारण सभा र निर्वाचन अदालतको आदेशले स्थगित भएको थियो।
चैत २७ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले अब उक्त साधारण सभा तथा निर्वाचन आगामी २०८३ वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको छ।
कार्यकारिणी समितिको बैठक साधारण सभाको तयारी र अन्य प्राविधिक विषयमा छलफल गर्न महासंघले आगामी वैशाख ९ गते कार्यकारिणी समितिको बैठक समेत आह्वान गरेको छ।
यस बैठकले निर्वाचनलाई व्यवस्थित बनाउन आवश्यक थप निर्णयहरू लिने अपेक्षा गरिएको छ।
For more: FNCCI Reschedules 60th AGM


