नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियनबीच औद्योगिक सम्बन्ध सुधारका लागि द्विपक्षीय कार्यगत समिति गठन

FNCCI and Trade Unions
Share It On:

१८ भदौ, काठमाडौं । 

नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले द्विपक्षीय कार्यगत समिति गठन गर्ने सहमति गरेका छन्। बैठकमा औद्योगिक चुनौतीहरूको समाधान, न्यूनतम वेतन निर्धारण, र सामाजिक सुरक्षा कोषलाई सशक्त बनाउने विषयमा छलफल भयो।

FNCCI and Trade Unions Agree

नेपाल उद्योग बाणिज्य महासंघ, रोजगारदाता परिषद र संयूक्त ट्रेड यूनियन समन्वय केन्द्र बीच यहि मिति २०८१-८-१३ गते नेउवामहासंघ सचिवालय टेकूमा द्धिपक्षीय वैठक वस्यो । बैठकमा उपस्थित सबैलाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालज्यूले स्वागत गर्नु भयो | स्वागत संगै अध्यक्ष ढकालले हाल नेपालमा औद्योगिक वातावरण सुमधुर बन्दै गएको र आगामि दिनका आउन सक्ने चुनौतीहरु पनि सहभागितात्मक रुपमा समाधान हुँदै जाने आशा र विश्वास राहेको कुरा बताउनु भयो ।

बैठकमा JTUCC का अध्यक्ष योगेन्द्र कुंवरले गत साल मंसीर महिनामा भएको MoU समिक्षा गर्नका साथै आगामी दिनहरुमा आउनसक्ने चुनौतीहरुको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ वढाउदै जान पर्ने बताउनु भयो जरुरी रहेको बताउनु भयो ।

यस्तै GFONT का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि वचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहे अनुसार द्धिपक्षिय समझदारी गरिएको बिषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्ष रुपममा कार्यगत समूह निर्माण गरी अगाडी बढन जरुरी रहेको कुरा वताउनु भएको थियो ।

नेउवामहासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसीर महिनामा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम वेतन निर्क्योल गरिनु पर्ने विषयमा छलफल बैठक आयौजना हुन पर्ने कुरालाई जोड दिनु भायो ।

साथै, दुइपक्षिय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानु भन्दा अगाडी दुई पक्षका बीच छलफल हुनका साथै अन्तरास्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको बिषयलाई जोड दिईएको थियो ।

बैठकको अन्त्यमा, यी सबै बिषयलाई समेटेर दुईपक्षबाट रणनीतिक योजना बनाएर अगाडी बढ्ने योजना रहेको र यसका लागि FNCCI/ILO EWPN परियोजनाले सहयोग गर्ने भनिएकाले सो रणनितिक योजना कार्यशाला अगावै दुवै पक्षका ३/३ पदाधिकारी तहका व्यक्ति र सचिवालयबाट १/१ जना रहको कार्यगत समिति बनाउने, सो समितिलाई निर्देशित गर्न समितिको काम, कर्तब्य र अधिकार सहितको ToR निर्माण गरेर सोहि अनुसार कार्यहरु गर्दै जाने कुरामा सबैको सहमति भएको छ |

For more: FNCCI and Trade Unions Agree


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts