सस्तोडिलको फ्लिपकार्टसँग साझेदारी
७ भदाै २०७७, काठमाडौं ।
नेपालको अग्रणी ई-कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई -कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन्।
यस सँगै फ्लिपकार्ट सस्तो डिलको माध्यमबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ।
सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतिय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, खेलका सामाग्री) नेपाली ग्राहकहरु लागि ल्याइनेछ।
Advertisement
सस्तोडिलका सस्थापक सिइओ अमुन थापाले भने, ‘फ्लिपकार्टको निजी ब्रान्डको उत्पादनहरू पनि सस्तोडिलले देखाउँने बताएका छन् । अब भारतिय उत्पादन पनि सस्तोडिलको माध्यमबाट अर्डर गरेको भोलिपल्टनै उपलब्ध गराउने छ।
पहिलो चरणमा सस्तोडिलले अगस्ट मध्यबाट फ्लिपकार्टको निजी ब्रान्ड जस्तै मार्क्यु जस्ता राम्रा र गुणस्तरिय सामाग्रीहरु प्रदर्शन गर्ने संस्थापक सिइओ थापाले बताए ।
यो साझेदारीले नेपालमा ५० हजारभन्दा बढिका गुणस्तरिय उत्पादनहरु १५ देखि २१ दिनसम्म लाग्ने समयलाई सस्तोडिलले सिपिङ मुल्य पनि तिरेर तिन दिनमा उपलब्ध गराउने जनाइएको छ। सस्ताडिलले विक्रेताहरूको लागि बजार पहुँचका लागि ढोका मात्र खोल्दैन तर उनीहरूको व्यवसायलाई बृद्धि गर्न पनि सहयोग गर्दछ। नेपालमा ई-वाणिज्य व्यवसायको सम्भावनाहरू छ जुन अनलाइन शपिंङले लिने विशाल सम्भावना छ।
Author: रमेश बि. सी.

