निजी क्षेत्र र कलाकारलाई प्रोत्साहित गर्न नेपालमा पहिलो पटक आयोजित ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ सम्पन्न

First Business Caricature Exhibition 2025
Share It On:

२४ चैत, काठमाडौं।

कर्पोरेट नेपाल डटकमले आफ्नो ११औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपालका उद्योगी व्यवसायीहरुसँगै कलाकारहरुलाई प्रवद्र्धन र प्रोत्साहित गर्ने उद्देश्यले नेपालमै पहिलो पटक आयोजित क्यारिकेचर आर्ट प्रदर्शनी सयौंले अवलोकन गरेका छन् ।

कर्पोरेट नेपालको बार्षिकोत्सव समारोहमा बिहीबार बेलुकी उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चित्रकला प्रदर्शनको उद्घाटन गरे।

पुल्चोकस्थित द प्लाजामा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले अवलोकन गरेका थिए भने शुक्रबार र आज (शनिबार) बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरे ।

प्रदर्शनीमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्षहरु कुशकुमार जोशी, पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, शेखर गोल्छा, फोब्समा सूचीकृत नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरी, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षहरु हरिभक्त शर्मा, व्यवसायीहरु राजेन्द्रकुमार खेतान, कुमुद दुगड, पवन गोल्याण, ज्योत्स्ना श्रेष्ठ, राजेशबाबु श्रेष्ठ, राजबहादुर सिंह, विश्वास ढकाल, यमुना श्रेष्ठ, विदुषी राणा, रामचन्द्र संघाई, उमेश श्रेष्ठ, अन्जन श्रेष्ठ, देवीप्रकाश भट्टचन, एनसेलका सीईओ जब्बोर कायुमोभ, बिष्णु न्यौपाने, सौरभ ज्योति, दीपक मल्होत्रा, लाक्पा सोनाम शेर्पाका क्यारिकेचर आर्टहरु प्रदर्शन गरिएका थिए ।

चित्रकलालाई स्वयम व्यवसायीका साथै आम अवलोकनकर्ताले प्रसंशा गर्दै सुधारका लागि सुझावहरु समेत दिएका छन् । उनीहरुले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिई व्यवसायिक क्षेत्रलाई समेत चित्रकलामा प्रस्तुत गर्ने अभ्यासलाई कायम राख्न सुझाव दिए।

कर्पोरेट नेपाल आर्थिक पत्रकारिताका क्षेत्रमा स्थापित र लोकप्रिय मिडिया हो ।

For more: First Business Caricature Exhibition 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *