डिलाइटिकाले नेपालमा ‘डेटानेचर’ बिग डेटा प्लेटफर्म सार्वजनिक

First AI-Powered Big Data Platforms
Share It On:

 १३ वैशाख, काठमाडौं।

क्यानडियन प्रविधि कम्पनी डिलाइटिकाले नेपालमा पहिलो पटक ‘वीग डेटा प्लेटफर्म’ डेटानेचर सार्वजनिक गरेको छ। नेपालकै पहिलो एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा संचालित बिग डेटा प्लेटफर्मको रूपमा सार्वजनिक गरिएको डेटानेचरले नेपाली व्यवसायमा डेटा व्यवस्थापन र निर्णय क्षमतामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

डिलाइटिकाले जारी गरेको विज्ञप्तिअनुसार, डेटानेचर प्लेटफर्मले व्यवसायहरूलाई डेटा वेयरहाउस र एआई प्रविधिबाट लाभ उठाउँदै उत्पादनशीलता वृद्धि, निर्णय क्षमतामा सुधार, तथा ग्राहक सेवामा उत्कृष्टता हासिल गर्न मद्दत गर्नेछ।

डिलाइटिकाका सिइओ आशीष पराजुलीले भने, “नेपालमा हाम्रो लगानी, हामीले विश्वव्यापी बजारबाट संकलन गरेको अमूल्य सिकाइ र अनुभवहरूबाट प्रेरित छ।

हामी नवप्रवर्तनलाई थप उचाइमा पुर्‍याउने र यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने लक्ष्य राख्छौं, जसले नेपाललाई एआई उत्कृष्टताको केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।”

कम्पनीको मुख्यालय क्यानडामा भए पनि डिलाइटिकाले अमेरिका र नेपालमा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्दै आएको छ। नेपालमा डेटानेचर को सुरुवात डिलाइटिकाको फराकिलो रणनीतिको एक हिस्सा हो, जसले नेपाललाई एआई र बिग डेटा प्रविधिमा अग्रणी बनाउने लक्ष्य राखेको बताइएको छ।

विशेषज्ञहरूका अनुसार, नेपालमा डिजिटल रुपान्तरणलाई तीव्र बनाउँदै लैजान डिलाइटिकाको यो प्रयास महत्वपूर्ण हुनेछ।

For more: First AI-Powered Big Data Platform


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *