सनराइज बैंकले श्वेताश्री फाउंडेशनलाई आर्थिक सहयोग

Financial support to Shweta Shree Foundation
Share It On:

असार १९, २०७७

सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउंडेशनलाई  ५ लाख सहयोग गरेको छ। जारी विज्ञप्तिमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको हो।
शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले श्वेताश्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्नु हुदैं फाउंडेशनले गरेको कामको प्रशंसा गर्नुभयो। उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ। आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाउनु भएको छ। यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाउनुभयो।
सो फाउंडेशनले स्वर्गिय नायक कृष्ण श्रेष्ठको सम्झनामा २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *