अर्थमन्त्री खनाल र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर बीच शिष्टाचार भेट
६ असोज, काठमाडौं।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (ADB) का कन्ट्री डाइरेक्टर श्री आर्नो कोस्वा (Arnaud Cauchois) बीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ।
उक्त अवसरमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा छलफल गरेका थिए ।
अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकेको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु रहेको र युवाहरुको चाहनाबमोजिम सुशासन र रोजगारी सिर्जना गर्न सरकार कटिबद्ध रहेको जानकारी गराए ।
मन्त्री खनालले उर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजना लगायतका क्षेत्रमा एशियाली विकास बैंकको महत्वपूर्ण भूमिका रहेको र चालु आयोजनाहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी दिए।
उक्त बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेत उपस्थित थियो।
For More:-Finance Minister Khanal ADB Nepal