चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि सञ्चालन

Festive Season Discounted Stores
Share It On:

१७ भदौ, काठमाडौं।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार, आसन्न चाडपर्व लक्षित सहुलियत मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ।

मन्त्रालयले आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालन गर्ने जनाएको छ।

मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसाल्ट ट्रेडिङ कर्पोरेसनलाई परिपत्र भइसकेको छ।

खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने पसलमा सबै किसिमको चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ, खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ छुट उपलब्ध गराइनेछ।

त्यसैगरी, कर्णालीका रैथाने उत्पादन जस्तै जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ। जिरा, धनिया, चियापत्ती, जिउँदो खसी बोका तथा च्याङ्ग्रामा पनि प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ। खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीन वटा घुम्ती पसल सहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ भने उपत्यका बाहेक विभिन्न जिल्लामा पनि यस्ता पसल सञ्चालन गरी उपभोक्तालाई सुविधा उपलब्ध गराइनेछ। नुनमा प्रतिकिलो २, चिनीमा ५, तेलमा प्रतिलिटर ७, चिउरा, दाल, पिठो तथा मैदामा समान ७ रुपैयाँ छुट उपलब्ध गराइने बताइएको छ।

सरकारले यस्ता पसल मार्फत बजार मूल्य नियन्त्रण, गुणस्तरीयता कायम राख्दै सरल, सहज र सर्वसुलभ रूपमा उपभोक्ता सम्म उत्पादन पु¥याउने उद्देश्य राखेको छ। चाडपर्वका समयमा निजी क्षेत्रको एकाधिकार रोक्न सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।

For More:-Festive Season Discounted Stores


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *