८ भदौ, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले घर कर्जा र सवारी साधन खरिदका लागि आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।
बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार, घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशत ब्याजदरमा अधिकतम ५ करोड रुपैयाँसम्म उपलब्ध हुनेछ।
विद्युतिय सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ७ वर्ष अवधिको ६.१० प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यस्तै, इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६.८० प्रतिशत ब्याजदरमा ७ वर्षसम्म १ करोडसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
सूचना अधिकारी रेग्मीले बताएअनुसार, चाडपर्वको समयमा घर र सवारी साधन खरिद गर्नेको संख्या उच्च हुने भएकाले ग्राहकलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यले यो विशेष कर्जा अफर ल्याइएको हो।
‘यस योजना मार्फत उपभोक्तालाई चाडपर्वको समयमा आवश्यक सुविधा प्राप्त हुने र बजारमा बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
For More:-Festival Loan Offer Banijya Bank