बीमा प्राधिकरणका तीन जना कर्मचारीको बिदाई

Farewell three Employees Insurance
Share It On:

२ असार, काठमाडौं। 

नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर तीन जना कर्मचारी विदा भएका छन् । निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीले यही औपचारिक रूपमा बिदा भएका छन् ।

२०५१ साल असार १ गतेदेखि तत्कालिन बीमा समितिमा स्थायी नियुक्ती लिएर बीमा नियमनको भूमिकामा सरकारी सेवा सुरुवात गरेका तीन जना कर्मचारीहरुको आज एक कार्यक्रमका बीचमा विदाई गरिँदैछ ।

त्यस्तै, ३० वर्षे सेवा अवधी पुरा भएपछि एक जना निर्देशक, उप निर्देशक शर्मा, सहायक निर्देशक कार्की सेवा निवृत्त भएका हुन् ।

कार्यक्रममा बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक तथा सञ्चालक समिति सचिव सुशील देव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *