एफएओ नेपालको पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन

FAO Office Janakpur
Share It On:

१० माघ, काठमाडौं ।

एफएओ नेपालले मधेस प्रदेशको जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ। एफएओको कार्यक्रमलाई  विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालाहरूसँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्न र खाद्य सुरक्षालाई प्रवर्द्धन गर्दै समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप कार्यालय स्थापना गरिएको हो ।

एफएओको भुटान र नेपालका प्रमुख केन शिमिजु र मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री जनार्दन सिंह क्षेत्रीले संयुक्त रूपमा रिबन काटेर औपचारिक रूपमा कार्यालय उद्घाटन गरे । कार्यक्रममा मन्त्रालयका सचिव विनय कुमार कर्ण, सरकारका प्रतिनिधि, स्थानीय जन प्रतिनिधि, संयुक्त राष्ट्रसंघका साझेदार र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेशमा दिगो कृषि तथा ग्रामीण विकास प्रवर्द्धनका अवसरबारे छलफल भएको थियो ।

For more: FAO Office in Janakpur


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *