सनराइज बैंकको एकै दिनमा २ शाखा तथा १ एक्सटेन्सन काउण्टर बिस्तार

extension of 2 branches and 1 extension counter of Sunrise Bank
Share It On:

काठमाडौं, साउन २६, २०७६।

आफ्ना ग्राहकहरु लाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले तम्घासमा ११८ औँ शाखा, कुश्मामा ११९ औं शाखा तथा साना गाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख श्री राम चन्द जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभयो।

सोही कार्याक्रममा पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा ए.टि.एम् को उद्घाटन गर्नुभयो ।

गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख श्री डिल्ली राज भुषाल र धुर्कोट गाउँ पालिकाका अध्यथ श्री भुपाल पोखरेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

सोही दिन ललितपुर महानगरपालिका स्थित साना गाउँमा महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक श्री सर्वेन्द मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रमहरुमा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले ११९ वटा शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *