घटस्थापनामा एभरेष्ट बैंकका केही शाखा सञ्चालनमा रहने
५ असोज, काठमाडौं।
एभरेष्ट बैंक लिमिटेडले घटस्थापना (२०८२ असोज ६ गते, सोमबार) को दिन सार्वजनिक विदा भए पनि ग्राहक सेवाको सुविधा प्रदान गर्न देशभरका केही शाखा कार्यालयहरु सञ्चालनमा रहने जानकारी गराएको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार बिहान १०:०० बजेदेखि अपराह्न १:०० बजे सम्म कोशी प्रदेशको विराटनगर शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप सेवा उपलब्ध हुनेछ।
मधेश प्रदेशको वीरगञ्ज शाखाबाट ECC/RTGS (Domestic) सुविधा पाइनेछ भने बागमती प्रदेश अन्तर्गत बानेश्वर, बागबजार, सातदोबाटो र ठिमी शाखाबाट विदेशी मुद्रा विनिमय सुविधा (उपलब्धताको आधारमा) उपलब्ध हुने जनाइएको छ।
त्यसैगरी गण्डकी प्रदेशमा पोखरा शाखा, लुम्बिनी प्रदेशमा बुटवल शाखा र सुदुरपश्चिम प्रदेशमा धनगढी शाखा सञ्चालनमा रहनेछन्।
बैंकले वीरगञ्ज भन्सार कार्यालय, आईसीपी र नेपालगञ्ज भन्सार कार्यालय पनि निर्धारित तालिकाअनुसार सञ्चालन हुने जनाएको छ। साथै, राजस्व काउन्टर सरकारको निर्णयअनुसार खोलिने र केन्द्रीय विलयारजिङ्ग युनिटले सबै विलयारजिङ्ग तथा Connect IPS प्रोसेसिङ्ग कार्य गर्नेछ।
ग्राहकले २४/७ ग्राहक सेवा केन्द्रमार्फत आवश्यक जानकारी लिन सक्नेछन्।
फोन नम्बर: ०१-५९७०११८
टोल फ्रि नम्बर: १६६००१७१७१८, १८०१७१७११८
एभरेष्ट बैंकले दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
For more: EverestBank Branches Opening Ghatasthapana