एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त
३ चैत, काठमाडौँ ।
एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।
बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।
उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
For More:-Everest Bank Debenture Issue


