दशैंको बिदामा पनि एभरेस्ट बैंकका तीन शाखा संचालनमा
१२ असोज २०८२, काठमाडौं।
विजया दशमीको सार्वजनिक बिदाका दिन पनि एभरेस्ट बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तीनवटा शाखा संचालनमा रहने जनाएको छ।
बैंकका अनुसार मिति २०८२ असोज १४ गते (सेप्टेम्बर ३०, २०२५) मंगलबार न्युरोड, पुल्चोक र ठिमी शाखाबाट विशेष सेवा उपलब्ध हुनेछ।
यी शाखाबाट नेपाली रुपैयाँ नगद निकासी तथा जम्मा र विदेशी मुद्रा विनिमय सुविधा (नोट तथा ट्राभलर्स चेक) गर्न सकिनेछ।
शाखा कार्यालयहरु बिहान १०:०० बजेदेखि अपरान्ह २:३० बजेसम्म खुला रहनेछन्।
बैंकले आफ्ना ग्राहकलाई सहजताका लागि शाखा र एजेन्टमार्फत मात्र नभई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ईभिजा/क्रेडिट कार्ड, एटिएम सेवा र QR कोडमार्फत कारोबार गर्न सकिने जानकारी गराएको छ।
थप जानकारीका लागि बैंकले ग्राहक सेवा विभाग (०१-४४४५५४०), कार्ड विभाग (०१-४४४५५३९) र डिजिटल बैंकिङ विभाग (०१-४४४५५४३) मा सम्पर्क गर्न अनुरोध गरेको छ।
एभरेस्ट बैंकले “दिगो, दरिलो र विश्वसनीय” भन्ने नारासहित दशैंमा पनि ग्राहक सेवामा निरन्तरता दिने जनाएको छ।
For More:-Everest Bank Dashain Open