५ जेठ, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुली जिल्लास्थित कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा सञ्चालनमा ल्याएको छ । २०८२ साल जेठ ५ गते उद्घाटन गरिएको उक्त शाखासँगै बागमती प्रदेशभित्र बैंकका शाखाहरूको संख्या ४७ पुगेको बैंकले जनाएको छ ।
Everest Bank Sindhuli Branch
यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको उद्घाटन सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्जवल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
सो उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल ले बैंकको उपस्थिती सँगै बैंकको गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे ।
साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सन्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।
For More: Everest Bank Sindhuli Branch