१० जेठ, काठमाडौं ।
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायकको रुपमा चिनिएको कम्पनी इसेवामा गत सोमबार दिउँसो प्राविधिक समस्या देखा परेको थियो । धेरै प्रयोगकर्ताहरुले इसेवाको मोबाइल एप तथा वेभसाइट खोल्दा लगइन नहुने वा लगइन भएपछि पनि कारोबार गर्दा समस्या अनुभव गरेका थिए ।
eSewa server upgrade technical security
उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा थुप्रै चर्चा, टिप्पणी, आलोचना तथा कौतहलता सिर्जना भएका छन् । कतिपय सर्वसाधरण तथा प्रयोगकर्ताहरु इसेवा ह्याक हुने तथा इसेवाको सुरक्षा प्रणाली फितलो रहेको जस्ता भ्रामक खबरहरुको शिकार समेत भएको पाइएको छ ।
तर यो समस्या इसेवाको सुरक्षा प्रणालीको कारणले नभएर इसेवाको सर्भर तथा सिस्टम अपग्रेडको काम भइरहेको हुदा त्यो समयमा उपस्थित सामान्य प्राविधिक समस्या रहेको इसेवाका उच्च तहका प्राविधिकले जानकारी गराएका छन् ।
नेपालको धेरै जसो कम्पनीहरुमा Traditional Database को प्रयोग गर्ने गरिएको हुन्छ । इसेवाले पनि सोहि प्रविधि प्रयोग गर्दै आइरहे पनि भविष्यमा यस प्रविधिको सीमितताहरू महसुस गर्दै केहि समय अघिदेखि आफ्नो डाटाबेस अपग्रेडको कार्य सुरु गरेको थियो ।
त्यसको लागि इसेवाले विश्व प्रख्यात Cassandra Database को सिस्टम भित्र्याएको छ । संसारभर सुरुक्षा तथा प्रभावकारीताको लागि चिनिएको Cassandra Database संसारभरि Apply Pay, NPCI (National Payment Corporation of India), American Express (AmEx), Facebook, Instagram, tyf Netflix लगायतका धेरै मात्रामा डाटा प्रोसेसिङ गर्ने कम्पनीहरुले प्रयोग गर्छन् ।
Traditional Database जस्तो एकै बिन्दुबाट मात्र नभएर एकभन्दा बढी साइट (Data Center) बाट सञ्चालन हुने गर्दा यो सिस्टम अत्यन्तै राम्रो, प्रभावकारी, र सुरक्षित मानिन्छ । यसै सिस्टम अपग्रेडको क्रममा स्रोतहरूको अत्यधिक प्रयोग (Maximum Resource Utilization) का कारण उक्त प्राविधिक समस्या उत्पन्न भएको थियो ।
इसेवाले अग्रगामी सोचले भविष्यमा आइपर्न सक्ने डाटाबेस तथा सुरक्षा सम्बन्धी सीमाहरुलाई ध्यानमा राखेर आफ्नो सिस्टम विस्तार तथा अपग्रडको कार्य गरिरहेको छ ।
इसेवामा हाल देखा परेको समस्या सोहि कारणले गर्दा भएकोले इसेवाको भविष्य र सुरक्षा सम्बन्धी फैलिरहेको अफुवाहरुको विश्वास नगर्न इसेवाका प्रमुख रणनितिक अधिकारी रवि शाक्यले प्रयोगकर्ता तथा सर्वसाधरणहरुलाई आग्रह गरेका छन् ।
साथै निकट भविष्यमा सिस्टम अपग्रेडको क्रममा यस्ता समस्याहरु उत्पन्न हुन नदिन थप सतर्कता अप्नाउने बारेमा पनि प्रमुख रणनितिक अधिकारी शाक्यले बताएका छन् ।
For More:-eSewa server upgrade technical security