चितवनका तीन विद्यालयमा एम्बार्क अनम्याथको अन्तरक्रियात्मक तालिम

Embark UnMath training school
Share It On:

४ भदौ, काठमाडौं ।

सन् २०१२ मा स्थापना भएको एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत किताब–मुखी अभ्यासबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्दै आएको छ ।

यही उद्देश्यलाई अघि बढाउँदै, एम्बार्क अनम्याथको टिमले अगष्ट ४ देखि ८ सम्म चितवनका तीन विद्यालय—अङ्कुरम् स्कूल, शिक्षा विकास स्कूल र स्मल हेभन स्कूलमा अन्तरक्रियात्मक कक्षाकोठा तालिम सञ्चालन गरेको थियो ।

यस तालिमले शिक्षकलाई योजनाबद्ध गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पु¥यायो । अवलोकन, नमूना कक्षा, निर्देशन, र शिक्षक–नेतृत्वमा भएका अभ्यास सत्रहरूका माध्यमबाट कार्यक्रमले शिक्षण रणनीति सुधार, कक्षाकोठामा सक्रियता बढाउने र विद्यार्थीलाई आकर्षक सिकाइ अनुभव दिने लक्ष्य राखेको थियो ।

विद्यालयअनुसार तालिम फरक–फरक ढंगले सञ्चालन गरिएको थियो ।

अङ्कुरम् स्कूलका शिक्षकहरूले विभिन्न गतिविधिहरु आफैं सञ्चालन गरेका थिए भने, एम्बार्कको टिमले त्यसको अवलोकन गर्दै आवश्यक निर्देशन प्रदान गरेको थियो ।

शिक्षा विकास स्कूलको टिमले पहिलो दिन नमूना कक्षा प्रदर्शन गरेको थियो भने दोस्रो दिन शिक्षकहरूले आफैं अभ्यास गरेका थिए ।

त्यसैगरी स्मल हेभन स्कूलमा व्यावहारिक अभ्यास सत्रमार्फत शिक्षकहरूले नयाँ विधिहरूमा सक्रिय सहभागिता जनाएका थिए ।

तालिममा सहभागी शिक्षकहरूले सकारात्मक अनुभव साझा गरेको बताए । स्मल हेभन स्कूलका एक शिक्षकले भने, “विद्यार्थीहरूले गतिविधिहरूमा देखाएको उत्साह हेर्दा हामी यी विधिहरू निरन्तर प्रयोग गर्ने आत्मविश्वास पाएका छौं ।

” शिक्षा विकास स्कूलका अर्का शिक्षकले भने, “परम्परागत कक्षामा विद्यार्थीहरू निष्क्रिय रहन्थे तर अब खेल र गतिविधिमा उनीहरू सक्रिय सहभागी बनेका छन ।”

यस तालिमबाट शिक्षकहरूले नयाँ रणनीतिमा व्यावहारिक अनुभव पाएको बताए भने विद्यार्थीहरूले पनि कक्षामा सक्रिय सहभागिता देखाएका थिए । अब शिक्षकहरू आत्मविश्वासका साथ अन्तरक्रियात्मक कक्षा सञ्चालन गर्न सक्षम भएका छौँ, एक शिक्षकले भने ।

विशेषगरी शिक्षा विकास स्कूलमा भएको तालिमले शिक्षक र विद्यार्थी दुवैलाई गहिरो प्रभाव पारेको बताए ।

एम्बार्क अनम्याथले आगामी दिनमा पनि नियमित फलोअप भ्रमण र निर्देशनमार्फत शिक्षक र विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने योजना बनाएको एम्बार्क अनम्याथकी कन्ट्रीहेड मोहिनी श्रेष्ठले बताउनु भयो ।

For more: Embark UnMath training schools


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *