१२ भदौ, काठमाडौं ।
ईलाइट इन्फोटेकद्वारा सार्वजनिक गरिएको ‘इलाइट क्याल्क’ एपले एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टर सुविधाहरू प्रदान गर्दछ। यो एप गूगल प्ले स्टोरमा उपलब्ध छ र छिट्टै आईओएसमा पनि आउनेछ।
Elite Calc Mobile App
नेपालको प्रख्यात सफ्टवेयर कम्पनी ईलाइट इन्फोटेकले भ्याट निकाल्नेदेखि क्यूआर कोड तयार पार्नसम्मका कार्यलाई सजिलो बनाउने ‘इलाइट क्याल्क’ नामक मोबाइल एप सार्वजनिक गरेको छ। यो एपले धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टर सुविधाहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको हो।
इलाइट क्याल्कको प्रमुख विशेषताहरू:
१. साधारण ब्याज गणना:
साधारण ब्याजलाई छिटो र सहज रूपमा गणना गर्न सकिने सुविधा।
२. भ्याट र छुट गणना:
उपभोक्ताहरूले सजिलैसँग भ्याट र छुटको हिसाब गर्न सक्ने।
३. आम्दानी गणना:
ब्यक्तिगत तथा व्यवसायिक आम्दानीको गणना गर्न सकिने सुविधा।
४. मिति परिवर्तन:
नेपालको चाडपर्व, छुट्टी, र अन्य महत्त्वपूर्ण मितिहरूको परिवर्तन गर्न सकिने।
५. करेन्सी कन्भर्टर:
विभिन्न मुद्राको विनिमय दर जान्न र रूपान्तरण गर्न सजिलो।
६. ल्याण्ड र डिस्ट्यान्स कन्भर्टर:
भूमि तथा दुरीको मापन र रूपान्तरण गर्न सकिने सुविधा।
७. वर्ल्ड टाइम:
विभिन्न देशका समयहरू हेर्न सकिने सुविधा।
८. नम्बर, पासवर्ड तथा क्यूआर कोड जेनेरेटर:
प्रयोगकर्ताहरूले सुरक्षित नम्बर र पासवर्ड उत्पन्न गर्न सकिने र क्यूआर कोड बनाउने सुविधा।
९. हिस्ट्री फिचर:
गणना गरिएको डेटा पुनः हेर्न र समीक्षा गर्न सकिने।
भविष्यको योजना:
ईलाइट इन्फोटेकले हाल यो एप गूगल प्ले स्टोरमा मात्र उपलब्ध गराएको छ। कम्पनीले छिट्टै यो एप आईओएसमा समेत उपलब्ध गराउने र प्रयोगकर्ताहरूको आवश्यकताअनुसार नयाँ सुविधाहरू थप्ने योजना बनाएको छ। यसले गर्दा प्रयोगकर्ताहरूलाई एकै ठाउँमा विभिन्न प्रकारका गणना गर्न सजिलो हुनेछ।