२९ असार, काठमाडौं ।
अर्थ मन्त्रालयले अबदेखि सबै प्रकारका भुक्तानी अनिवार्यरुपमा विद्युतीय प्रणालीमार्फत गर्न सबै सार्वजनिक निकायहरुलाई परिपत्र गरेको छ ।
मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।
आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।
For More:-Electronic Payments Government Nepal