अविरल वर्षाले विद्युत् आपूर्ति अस्तव्यस्त, काठमाडौं उपत्यका अन्धकारमा

electricity supply disturbs heavy rains
Share It On:

१२ असोज, काठमाडौं ।

निरन्तरको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा विद्युत् आपूर्ति अस्तव्यस्त बनेको छ। वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा व्यापक क्षति पुर्‍याउँदा उपत्यकाको करिब आधा क्षेत्र अन्धकारमा डुबेको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषका अनुसार, काठमाडौं उपत्यकामा सामान्य अवस्थामा करिब ४०० मेगावाट विद्युत् माग हुनेमा शनिवार यो घटेर करिब २०० मेगावाटमा सीमित भएको छ।

बानेश्वर, भक्तपुर, पाटन, लैनचौर, टेकु, नयाँ चाबहिल र स्यूचाटार सबस्टेसनबाट आपूर्ति हुने अधिकांश फिडरहरू प्रभावित भएका छन्। यसबाट गोदावरी, इमाडोल, लुभु, खोपासी, नलिनचोक, बोडे, खुमलटार, सातदोबाटो, हात्तिवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल, गैह्रिधारा, कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चमती, हाँडीगाउँ, कालोपुल, कलंकी र बलम्बु लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।

प्राधिकरणले विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि प्राविधिक टोली परिचालन गरेको भए पनि धेरै स्थानमा जलमग्न भएकाले काम गर्न कठिनाइ भइरहेको जनाएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts