विद्युत प्राधिकरणद्वारा मङ्सिर १२ गतेभित्र बक्यौता बुझाउन आग्रह
२९ कार्तिक, काठमाडौँ।
नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल आगामी मंसिर १२ गतेभित्र बुझाउन आग्रह गरेको छ ।
Electricity Authority arrears payment by 12th Mangsir
मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट १५ दिनभित्र बक्यौता असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले उपभोक्ताला बक्यौता बुझाउन आग्रह गरेको हो ।
वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाख सम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसारको बक्यौता महसुल २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउन प्राधिकरणले भनेको छ ।
तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही अगाडि बढाईने प्राधिकरणले जनाएको छ ।
For More:-Electricity Authority arrears payment by 12th Mangsir