इजी ट्याक्सी नेपाल एपमार्फत दशैंमा घरजानका लागि ट्याक्सी बुकिङ्ग खुला

Taxi Booking Nepal
Share It On:

असोज ५, २०७७, काठमाडौं ।
कोरोनाभाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भईरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।

विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिरहेको छ ।

इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुबिधा सहितको बुकिङ्ग खुला गरेको हो । एपमार्फत नै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन्।

अहिलेको विषय परिस्थितीमा इजी ट्याक्सी नेपालले दशैंमा घरजाने नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सुरक्षितरुपमा यात्रा गराउने उद्धेश्यले इजी ट्याक्सी नेपाल एपमार्फत बुकिङ्ग खुला गरेको छ । जसअन्तरगत इजी ट्याक्सी नेपाल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिनेछ ।

कम्पनीले नेपालमा नै पहिलो पटक इजीट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा ल्याएको इजी ट्याक्सी नेपाल एपका अध्यक्ष संजीत पौडेलले बताए ।

कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । हामीले ट्याक्सीमार्फत सहजरुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैंमा मानिसहरु घर जानसकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं । यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं । अध्यक्ष पौडेलले भने ।

यसको लागि इजी ट्याक्सी नेपाल एपमा गएर यात्रुले आफ्नो सम्पूर्ण यात्राको बिबरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । सो म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न सकिने सुबिधा रहेको छ ।

इजी ट्याक्सी नेपाल एपमा आबद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको छ भने सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको छ । यसका साथै इजी ट्याक्सी नेपाल एपमार्फत यात्रा गर्ने ट्याक्सीका यात्रुहरुको बीमा समेत गरिएको छ ।

इजी ट्याक्सी नेपाल एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गर्न र आरामदायी यात्रा गर्न सक्नेछन् । त्यसैले आजै बुकिङ्ग गरि सुरक्षित र भरपर्दो यात्राको लागि ढुक्क हुनुहोस् ।

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथसाथै यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ«े बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ ।
सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिन सक्नेछन साथै अन्य सेवाग्राहीले भने एप डाउनलोड गर्नुपर्नेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *