डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
३० कात्तिक २०८२, काठमाडौं ।
बिर्तामोड, १५ नोभेम्बर २०२५ -डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. बिर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि हो।
साथै यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बलराम थापा, झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य, प्रशन्न पन्त, एमएडब्लू वृद्धि मोटर्सका सीईओ साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिर्तामोडको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्नेछ।
ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ।
बिर्तामोड शोरूम उद्घाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ।
बिर्तामोडमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिर गतेसम्म बिर्तामोड, चारपानेमा अवस्थित डोङ्गफेङ्ग नामी शोरुममा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ।
यस अवधिमा, ग्राहकहरूले नामी 01, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्। यस कार्यक्रममा नामी 01 विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस 3 अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ।
ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन्।
For more: Dongfeng Nammi Showroom Birtamode



