२० साउन, काठमाडौं।
डिशहोमले नेपालमा पहिलोपटक भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ, जसले एक्टिभ ग्राहकहरूलाई देशभरका उत्कृष्ट होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा विशेष छुट प्रदान गर्नेछ। यो कार्ड “माइ डिशहोम एप” मार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ।
सुरुवाती चरणमा १० प्रतिष्ठित ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज नेटवर्कमा आबद्ध भएका छन्, जसमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप, होटल ले हिमालय, मेलुङ ठकाली, साकी एण्ड फेङ रेस्टुरेन्ट, लुम्बिनी र मौलाकाली केबलकार लगायत छन्। ग्राहकहरूले यी आउटलेटहरूमा २५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यसमा, डिशहोमले आफ्नो नयाँ भर्चुअल प्रिभिलेज कार्ड नेटवर्कमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरूलाई समावेश गरेको छ, जसले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा तत्काल लाभ पुर्याउनेछ। यी प्रमुख साझेदारहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन (निर्धारित आउटलेटहरूमा), सिद्धार्थ हस्पिटालिटी ग्रुप (महेन्द्रनगर, सुर्खेत, चितवन, काठमाडौं, नेपालगञ्ज, बुटवललगायतका २० भन्दा बढी स्थानमा), होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स (हरकपुर, मौलाकाली, बाग्लुङ), मेलुङ ठकाली (सबै आउटलेट), साकी एण्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार (बुटवल), मौलाकाली केबलकार (गैँडाकोट, चितवन), र अचार घर (कमलपोखरी र कुपन्डोल) जस्ता लोकप्रिय नामहरू रहेका छन्।
डिशहोमका सीईओ तारा मानन्धरका अनुसार, “भर्चुअल प्रिभिलेज कार्डमार्फत डिशहोमले इन्टरनेट र टेलिभिजन सेवा बाहेक ग्राहकहरूको जीवनशैलीमा समेत प्रत्यक्ष लाभ पुर्याउने नयाँ अध्याय सुरु गरेको छ।” कम्पनीले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने लक्ष्य लिएको छ।
ग्राहकहरूले यो सुविधा उपयोग गर्न माइ डिशहोम एप गूगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी कार्ड प्रयोग गर्न सक्नेछन्। यस कदमले डिशहोमको डिजिटल इनोभेशन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धता झल्काउँछ।
For More:-DishHome virtual privilege card