डिशहोम र सिद्धार्थ हस्पिटालिटीबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट

DishHome Siddhartha Hospitality Discounts
Share It On:

२६ साउन, काठमाडौं।

डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक साझेदारी गर्दै आफ्ना सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा उपलब्ध गराउने भएको छ।

यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफेमा आवास सेवामा २० प्रतिशत र फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्।

डिशहोमका सीईओ तारा मानन्धरले भने, “सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं।”

भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकका लागि ‘माइ डिशहोम’ एपमा उपलब्ध हुनेछ। ग्राहकहरूले एपमार्फत कार्ड र सबै सहभागी आउटलेटहरूको सूची हेरी, सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्नेछन्।

सिद्धार्थ हस्पिटालिटीका सहभागी होटल तथा रेस्टुरेन्टहरूमा महेन्द्रनगरस्थित सिद्धार्थ होटल न्यू आनन्द, कैलालीको टिकापुरस्थित सिद्धार्थ होटल र चिसापानीस्थित सिद्धार्थ रिसोर्ट, नेपालगञ्जको सिद्धार्थ होटल र सिद्धार्थ कटेज रेस्टुरेन्ट, बुटवलको सिद्धार्थ कटेज एण्ड होटल र सिद्धार्थ कटेज योगिकुटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, बिर्तामोडको सिद्धार्थ होटल ग्राण्ड सिटी, काठमाडौंको बौद्धस्थित सिद्धार्थ बुटिक होटल, सुर्खेतको सिद्धार्थ सनी रिसोर्ट, नारायणगढको सिद्धार्थ होटल, भैरहवास्थित सिद्धार्थ विलासा, चितवनको मेघौलीस्थित सिद्धार्थ वाइल्डलाइफ रिट्रिट र सौराहास्थित सिद्धार्थ विलासा बनवास, दमौलीको सिद्धार्थ होटल, चितवनकै चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट, धोबीघाट, पुरानो बानेश्वर र टिंकुनेका सिद्धार्थ कटेज रेस्टुरेन्टहरू, धनगढीको सिद्धार्थ कटेज तथा काठमाडौंको सुन्धारास्थित होटल सिद्धार्थ पर्छन्।

यस सहकार्यसँगै, डिशहोमका ग्राहकहरू अब देशभरका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा आकर्षक छुटको साथ प्रिमियम आतिथ्य सेवा अनुभव गर्न सक्नेछन्।

For More:-DishHome Siddhartha Hospitality Discounts


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *