डिशहोम GO: NPL सिजन २ को आधिकारिक OTT प्लेटफर्म – एक्सक्लुसिभ लाइभ स्ट्रिमिङको सम्पूर्ण तयारी पूरा
२ मंसिर २०८२, काठमाडौं ।
“डिश मिडिया नेटवर्कद्वारा नेपाली प्रिमियर लिग (NPL) को दोस्रो संस्करणका सबै ३२ खेल डिशहोम GO एप र वेबसाइट मार्फत मात्रै विज्ञापनरहित (Ad-Free) उच्च गुणस्तरमा विश्वभर प्रसारण गर्ने तयारी पूरा भएको पुष्टि”
क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (NPL) दोस्रो संस्करणका सबै ३२ खेल अब DishHome GO एप तथा वेबसाइट मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिसकेको छ।
प्रतियोगिता टीयू क्रिकेट मैदान, कीर्तिपुरमा मंसिर १६, २०८२ (डिसेम्बर १, २०२५) सम्म आयोजना हुनेछ।
एक्सक्लुसिभ, विज्ञापनरहित स्ट्रिमिङ अनुभव
NPL 2 को प्रत्यक्ष प्रसारण DishHome GO एप तथा वेबसाइटबाट मात्रै हुनेछ र YouTube मा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल विज्ञापन बिना (Clean Feed) प्रसारण गरिनेछ, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको निरन्तर अनुभव दिलाउँछ।
सरल र सुविधाजनक विश्वव्यापी भुक्तानी विकल्पहरू
देश-विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराइएको छ, जसबाट दर्शकले सरल र सुविधाजनक तरिकाले Season Pass खरिद गर्न सक्नेछन्:
मोवाइल वालेटमार्फत: eSewa, Khalti
अन्तर्राष्ट्रिय कार्डमार्फत: VISA, MasterCard
दर्शक जहाँ भए पनि, आफ्नो मोबाइल, ल्यापटप वा टिभीबाट सुरक्षित र छिटो रुपमा भुक्तानी गरि Season Pass खरिद गरेपछि आफूलाई सहज हुने Mobile App वा Web Browser बाट NPL हेर्न सक्नेछन्।
सदस्यता शुल्क (सम्पूर्ण टुर्नामेन्ट पास – ३२ खेल)
| दर्शकको स्थान | शुल्क (नेपाली रुपैयाँ / डलर) |
| नेपालभित्रका दर्शक | NPR 300 |
| मध्यपूर्व (Middle East) का दर्शक | NPR 500 |
| अन्य सबै देशका दर्शक | USD 10 |
एकपटक सदस्यता लिएपछि दर्शकले सम्पूर्ण प्रतियोगिताभर DishHome GO मा लाइभ स्ट्रीम, पुनः-प्रसारण तथा अन्य सामग्री हेर्न सक्नेछन्।
NPL सिजन २ कहाँ-कहाँबाट हेर्न सकिनेछ
DishHome GO निम्न प्लेटफर्महरुमा उपलब्ध छ:
मोबाईल एप (Android, iOS)
Android TV
वेब ब्राउजर (Website मार्फत)
नयाँ दर्शकले Google Play Store साथै App Store बाट DishHome GO एप डाउनलोड गर्न सक्नेछन्।
उच्च गुणस्तरको स्ट्रिमिङका लागि विश्वसनीय साझेदारी
उच्च गुणस्तरको भिडियो स्ट्रिमिङ र विश्वसनीय सेवाका लागि DishHome GO ले विश्वका अग्रणी प्रविधि साझेदारहरुसँग साझेदारी गरेको छ
Mobiotics: अन्तर्राष्ट्रिय OTT समाधान प्रदायक (ICC Champions Trophy को दौरान २ मिलियनभन्दा बढी concurrent viewers को ट्राफिक ह्यान्डल गरेको अनुभव)।
Akamai: विश्वविख्यात cloud/ content delivery प्रदायक, जसले Hotstar-मार्फत IPL स्ट्रिमिङका ठुला स्ट्रिमिङ रेकर्डहरुलाई सपोर्ट गरेको इतिहास राख्छ।
यी साझेदारीले NPL 2 को स्ट्रिमिङलाई अझै सिधा, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध गराउनेछ।
डिशहोमको भनाइ
Dish Media Network Ltd. का प्रतिनिधिका अनुसार, “Nepali Premier League 2 मार्फत हामीले नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुऱ्याउने लक्ष्य राखेका छौं।
eSewa, Khalti, VISA र MasterCard जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि लिनु प्रक्रिया अझ सरल, सुरक्षित र सरलकृत बनाएका छौं।”
व्यवस्थापनले देश र विदेशमा DishHome GO को सेवाप्रति अत्याधिक चासो र सकारात्मक प्रतिक्रिया आएको जानकारी दिएको छ।
DishHome ले आधिकारिक जानकारी गराउँछ कि NPL Season 2 को लागि आधिकारिक OTT Platform DishHome GO एप वा DishHome को आधिकारिक वेबसाइट बाट हेर्न सकिन्छ र DishHome GO बाहेक कुनै पनि OTT प्लेटफार्ममा उपलब्ध हुने छैन।
For more: DishHome Official OTT Platform



