१६ भदौ, काठमाडौं।
डिशहोमले नेपालकै चर्चित थकाली ब्रान्ड “मेलुङ थकाली” सँग साझेदारी गर्दै आफ्ना सक्रिय ग्राहकहरूलाई विशेष सुविधा दिने घोषणा गरेको छ।
यस साझेदारी मार्फत अब डिशहोमका ग्राहकहरूले मेलुङ थकालीका सबै आउटलेटहरूमा भर्चुअल प्रिभिलेज कार्ड देखाएर थकाली परिकारमा १० प्रतिशत छुट पाउनेछन्।
हाल मेलुङ थकालीका पाँच शाखा एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा सञ्चालनमा रहेका छन् भने अन्य स्थानहरूमा नयाँ शाखा विस्तारको तयारी भइरहेको छ।
ग्राहकले छुट पाउनका लागि माइ डिशहोम एप प्रयोग गर्नुपर्नेछ। दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गरेपछि एपको होमपेज वा प्रोफाइल सेक्सनमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट प्राप्त गर्न सकिनेछ।
यस सम्झौतामा मेलुङ थकालीका सह–संस्थापक बसन्त लामा र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले हस्ताक्षर गरेका छन्।
डिशहोमका सीईओ तारा मानन्धरका अनुसार, यो सहकार्यले नेपालको लोकप्रिय थकाली गन्तव्यसँगको साझेदारीमार्फत ग्राहकहरूको जीवनमा थप मूल्य थप्नेछ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा उपलब्ध गराउन सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा थप प्रतिष्ठित ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना समेत सार्वजनिक गरेको छ।
For More:-DishHome Discount Melung Thakali