डिशहोमले ल्यायो “खुशीको बोनस” अफर: १४ जनालाई वर्षभरि निःशुल्क इन्टरनेट

Dishhome Free Internet Bonus Offer
Share It On:

६ साउन, काठमाडौं।

डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरूका लागि “खुशीको बोनस – ३६५ दिन नै बोनस!” नामक नयाँ र आकर्षक योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, नयाँ वा वार्षिक इन्टरनेट रिचार्ज गर्ने १४ जना भाग्यशाली ग्राहकहरूले पूरै ३६५ दिनसम्म निःशुल्क इन्टरनेट सेवा पाउनेछन्।

यस योजनामा १० जना नयाँ वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरू र ४ जना हालका ग्राहकहरूमध्येबाट विजेता छनोट गरिनेछ। डिशहोमले यो योजना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्न र उनीहरूसँगको सम्बन्ध अझ बलियो बनाउन ल्याएको जनाएको छ।

लक्की ड्र र विजेता घोषणा

हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो HD च्यानलमार्फत लक्की ड्रको घोषणा गरिनेछ। यदि शुक्रबार सम्भव नभएमा, आइतबार साँझ ५ बजे विजेताको नाम सार्वजनिक गरिनेछ।

सेवा जडान र रिचार्जका विकल्पहरू

नयाँ जडानका लागि ग्राहकहरूले नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन्। रिचार्जका लागि भने Khalti, eSewa वा MyDishHome App प्रयोग गर्न सकिनेछ।

उपलब्ध वार्षिक प्याकेजहरू (भ्याटसहित):

  • 100 Mbps: रु. ८,५००/-
  • 200 Mbps: रु. ११,५००/-
  • 300 Mbps: रु. १३,५५०/-

नयाँ जडान शुल्क भने रु. १,१३०/- मात्र तोकिएको छ।

डिशहोमले आफ्नो सेवाको गुणस्तर र मूल्य दुवैलाई सन्तुलनमा राख्दै ग्राहकको अनुभवलाई अझ राम्रो बनाउन यो योजना ल्याएको बताएको छ। कम्पनीले भविष्यमा पनि यस्तै आकर्षक योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *