डिशहोम र ‘डल्ले’ साझेदारी: उपत्यकाका डल्ले आउटलेटमा भर्चुअल प्रिभिलेज कार्डबाट विशेष छुट
Mina Aryal विशेष(Front-Center), समाचार 0
३१ असोज २०८२, काठमाडौं ।
अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।
यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत आफ्ना ग्राहकहरूलाई अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा १० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने भएको छ।
ग्राहकहरूले यो छुट माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर प्राप्त गर्न सक्नेछन्। यसका लागि प्रयोगकर्ताले Google Play Store बाट माइ डिशहोम एप डाउनलोड गरी, दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ।
त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरी कार्ड देखाएर डल्लेमा छुट लिन सकिन्छ।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईबीच एमओयूमा हस्ताक्षर गरिएको हो।
‘डल्ले’ नेपाली स्वादको आधुनिक व्याख्या गर्ने एक प्रतिष्ठित रेस्टुरेन्ट ब्राण्ड हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्याउँदै आएको छ। शान्त वातावरण, गुणस्तरीय सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।
यो साझेदारी डिशहोमको जीवनशैली सेवातर्फको यात्राको एउटा महत्वपूर्ण चरण हो। कम्पनीले इन्टरनेट र टेलिभिजन सेवामात्र नभई आफ्ना ग्राहकलाई अतिरिक्त मूल्य, सहजता, र बचत प्रदान गर्ने लक्ष्यसहित यस किसिमका सहकार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।