नेपाल बैंकको नयाँ अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त
नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले शर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।
नव नियुक्त अध्यक्ष शर्माले आज नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
Advertisement
नयाँ अध्यक्ष नियुक्त भएपछि बैंकले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा गरिएको छ।
For More:-Dilliraj Sharma Nepal Bank Chairman

