११३ औंअन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

technology for climate-resilient agriculture
Share It On:

२८ फागुन २०७९, काठमाडौं। 

विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नारी दिवसको नारा “DigitALL: Innovation and technology for gender equality” भएकोमा मध्यपश्चिम विश्वविद्यालय, ICIMOD र Geokrishi काे सहकार्यमा “DigitALL: Innovation and technology for climate-resilient agriculture” नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको हो ।

यो कार्यक्रम नेपाल सरकार, European Union, Ministry of Foreign Affairs of Finland, जर्मन सहयोग र GIZ को संयुक्त परियोजना Green Resilient Agricultural Productive Ecosystems (GRAPE) अन्तर्गत मनाईएको हो । यस कार्यक्रममा शैक्षिक साझेदारको रुपमा मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालय रहेका छन् ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले आफ्नो महत्वपूर्ण मन्तव्य राख्नु भएको थियो भने ICIMOD का Ecosystem Analyst Erica Udas ले स्वागत तथा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।

त्यसैगरी Himalayan Permaculture का होम माया गुरुङज्यूले Keynote Speech प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशानलयका प्रमुख अधिकृत चित्र वहादुर रोकायाज्यूले आफ्नो भनाई राख्नु भएको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन समारोहको समापन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष प्रा. डा. भारती जोशीले गर्नु भएको थियो ।

उद्घाटन समारोह पश्चात् Technical Session अन्तर्गत पहिलो चरणमा ​​Geokrishi का परियोजना संयोजक बोबिन थापाले Women connect: Digital agro-advisory services for all विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो।

उक्त प्रस्तुती पश्चात DigitALL: Innovation and technology for climate-resilient agriculture विषयक प्यानल छलफल सम्पन्न भएको थियो । प्यानल छलफल कार्यक्रमको संचालन Hriti Foundation का Executive Director दिनेश गौतमले गर्नु भएको थियो भने panellist को रुपमा सबिता ढुंगाना (एमयू), सुनिता पन्थी (एएफयू), मनिक्षा आचार्य (सहास नेपाल), होम माया गुरुङ (Himalayan Permaculture) र पुर्णिमा आचार्य (एमयू) रहनु भएको थियो।

कार्यक्रमको समापनमा मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा. डा. सुदीप ठकुरीज्यूले धन्यवाद ज्ञापन राख्नु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्था, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विधार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *